अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

नयाँ दिल्लीमा प्रदुषणका कारण एक साताका लागि विद्यालय बन्द

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४४ मा प्रकाशित

प्रदुषणको चपेटामा परेको भारतीय राजधानी नयाँदिल्लीमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्यसैगरी निर्माण क्षेत्रमा पनि चार दिन काम बन्द गरिएको छ । नयाँ दिल्लीका मूख्यमन्त्री अरविन्द केरजरीवालले अत्यधिक प्रदुषणको मार बालबालिकामा पर्न नदिन विद्यालय क्षेत्र बन्द गरिएको भन्दै प्रदुषण लकडाउन गर्ने विषयमा पनि छलफल भईरहेको बताउनुभयो । सरकारी कार्यालयहरु पनि घरबाटै चलाउन भनिएको भने निजी ब्यापारिक क्षेत्रलाई पनि सकेसम्म घरबाटै चलाउन भनिएको छ ।

कार्खाना र सवारी साधनबाट उत्पन्न धुवाँसाथै कृषि क्षेत्रबाट उत्पन्न प्रदुषणले दिल्लीको आकाश ढाक्ने गरेको छ । हरेक वर्षको हिउँदमा यो क्रम बढ्दो क्रममा रहेको छ । शनिबार भारतीय सर्वोच्च अदालतले प्रदुषण नियन्त्रणका लागि लकडाउन गर्न पनि सरकारलाई सुझाव दिएको छ । सर्वोच्च अदालतको सुझावमाथि छलफल भईरहेको भन्दै मूख्यमन्त्री केजरीवालले यसअघि कहिल्यै पनि प्रदुषण लकडाउन नभएकाले सरोकारवालाहरु संगको छलफलपछि निर्णय लिने बताउनुभएको छ ।

यस्तै भारतीय प्रदुषण नियन्त्रण वोर्डले पनि प्रदुषण नियन्त्रणका लागि कठोर कदमका लागि तयार रहन भनेको छ । सो वोर्डले हावाको कमजोर गतिका कारण कम्तिमा नोभेम्बर १८ भन्दा पहिले प्रदुषण पातलिने सम्भावना नरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू