अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

सर्वोच्च अदालतमा देखिएको विवाद अझै समाधान हुन सकेन, प्रधानन्यायाधीश राणाको पक्ष र बिपक्षमा नारावाजी

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४० मा प्रकाशित

न्यायपालिका शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधीश र न्यायाधीश तथा अधिवक्ताहरु बीचमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन । २० दिन भन्दा बढि समय देखि जारी आन्दोलनका कारण सर्वोच्च अदालतको इजलास प्रभावित भइरहेको छ । न्यायाधिस तथा नेपाल बार एसोसियसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिएका कारण आन्दोलन निरन्तर रुपमा चल्दा न्यायालयको काम प्रभावित भइरहेको छ ।

यसैबीच, न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । बेञ्च बहिष्कार सहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । जनताको मुद्दा नै नहेरेर प्रधानन्यायाधिशको राजीनामा मागमा लागेको भन्दै न्यायाधिस तथा अधिवक्ताहरुमा माथी प्रश्न उठ्न थालेपछि यसबारेमा प्रष्ट पार्नको लागि श्वत पत्र नै जारी गर्न लागेको उनीहरुले बताएका छन् ।

न्यायाधीशहरूले निरन्तर बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेको भन्दै श्वेतपत्र जारी गर्ने तयारी गरिएको हो । आज पनि असन्तुष्ट न्यायाधीशहरुले आन्तरिक छलफलमा गरेका छन् । आज बन्दी प्रत्यक्षीकरणका केही रिटमाथि सुनुवाई भएपनि अन्य मुद्दाहरु हेर्न नभ्याइने सूचीमा राखिएका छन् ।

यसैबीच, एउटा समूहले भने प्रधानन्यायाधीश जवराको पक्षमा पक्षमा प्रदर्शन गरेको छ । उनीहरुले न्यायमा अवरोध गर्न पाइँदै भन्दै वकिलहरूको धर्नाको विरोध गरेका थिए । परिसरमा धर्ना जारी रहेका बेला अदालतबाहिर आन्दोलनकारी कानुन व्यवसायी तथा न्यायालयविरुद्ध नारा लागेपछि केहीबेर तनाव पनि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू