अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

कांग्रेस बैठक – प्रदेश महाधिवेशनको जिम्मा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेतालाई

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:३९ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो ।

योसँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको जनाइएको छ । प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई संयोजन गर्ने जिम्मेवारी प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँड, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई दिइएको हो ।

उक्त प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको हो । कांग्रेस महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू