अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

कांग्रेसमा रुपान्तरित नेतृत्वको आवश्यक – वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:२१ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरित नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष स्व. मिरा अधिकारी लामाको शोक सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई विकृति र विसंगतिबाट मुक्ति दिने बेला आएको बताउनुभयो । जसका लागि नेतृत्व परिवर्तन अपरिहार्य रहेको उहाँको भनाइ छ ।

जनताहरूको कांग्रेसप्रतिको भरोसा जीवन्त राख्न जरुरी रहेको पौडेलको भनाइ छ । गणतन्त्र र संघीयताको पहरेदारको रूपमा नेपाली कांग्रेस प्रतिबद्ध हुनुपर्नेमा उहाँको जोड छ ।वरिष्ठ नेता पौडेलले गाउँपालिका उपाध्यक्ष लामाले गर्नुभएका कामको प्रशंसा गर्दै समवेदना प्रकट गर्नुभयो ।

श्रद्धान्जली सभामा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङले कार्यकालको २ वर्ष नवित्दै वडा अध्यक्ष र ६ महीना कार्यकाल बाँकी रहँदा उपाध्यक्ष गुमाउनु दुर्भाग्य भएको बताउनुभयो । सुशासनको प्रत्याभुति, निष्पक्षता, विभेदरहीत व्यवहार र पारदर्शीतामा उपाध्यक्षको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू