अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

माओवादी अध्यक्ष प्रचण्ड बिरामी, अस्पताल भर्ना

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:२१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिरामी पर्नुभएको छ । उहाँलाई उच्च रक्तचाप, वान्ता हुने लगायतका समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

उहाँको अवस्था सामान्य रहेको र चाँडै डिस्चार्ज हुने उहाँकी छोरी गंगा दाहालले जानकारी दिनुभएको छ । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला र पूर्वका भोजपुर लगायतका ठाउँमा पार्टीका कार्यक्रममा सहभागी हुँदा धपेडी र चापका कारण उहाँ बिरामी परेको दाहालले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू