अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सर्वोच्च अदालतको समस्या समाधानमा लाग्न दलहरुलाई त्रिविका पूर्व–उपकुलपतिहरुको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:१९ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका चार जना पूर्व–उपकुलपतिहरूले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । पूर्व–उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीन प्रकाशजंग शाहले संयुक्त विज्ञप्ति निकालेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई लिएर सर्वाेच्च अदालतमा देखिएको समस्या समाधानका लागि दलहरुले अग्रसरता लिनुपर्ने बताएका हुन् ।

बार एसोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण शीर्षकमा निकालेको विज्ञप्तिमा पूर्व–उपकुलपतिहरुले न्यायालयले नागरिकको विश्वास गुमाएपछि न्याय पाउन कहाँ जाने भन्दै यस्तो स्थितिप्रति सरकार र राजनीतिक दलहरू संवेदनहीन भएर बस्नु आश्चर्यलाग्दो भएको बताएका छन् ।

सर्वोच्च अदालतमा भइरहेको बार एसोसिएशनको आन्दोलनले तत्काल निकास नपाएमा न्यायालयप्रति नागरिक विश्वास गुम्ने भन्दै विज्ञप्तिमा आन्दोलनसँग गाँसिएको स्थितिको सुधार र समस्याको समाधानतर्फ सरकार र दलहरूले तत्काल काम गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू