अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

जनतालाई दिने सेवा छिटोछरितो बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:१६ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई दिने सेवा छिटोछरितो बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

लमजुङ पुग्नुभएका मुख्यमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रम आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई छिटोछरितो सेवा दिन निर्देशन दिनुभभएको हो । उहाँले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन पनि आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले लमजुङका बाढी पहिरो, भूकम्पपीडितका समस्या समाधान गर्ने आश्वासन दिनुभयो । जीर्ण बन्दै गएको सडक, बाटो, खानेपानी समस्या, कोरोना संक्रमण न्यूनीकरणलाई प्रदेश सरकारले प्राथमिकता दिने उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू