अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२
| Colorodo: 09:17
इंग्ल्याण्डले फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा सानदार जित निकालेको छ ।घरेलु मैदानमा कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा अल्वानियामाथि ५–० को सानदार जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको हो ।
ह्यारी मगाएर र जोर्डन हेन्डरसनले पनि एक एक गोलको योगदान गरेका छन् । यो जितपछि इंग्ल्याण्ड समूह ‘आई’ मा ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अब इंग्ल्यान्डलाई विश्वकपमा सोझै छनोट हुन १ अंक आवश्यक छ पर्छ । इंग्ल्याण्डले छनोटको अन्तिम खेलमा सान मारिनोसँग सोमबार राति खेल्दैछ । पराजित अल्वानिया १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।