अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:१० मा प्रकाशित

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।छठ पर्वकै दिनदेखि हिन्दु र मुसलमान समुदायबीच तनाव बढेपछि साम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै प्रशासनले आइतबार राति १० बजेसम्म (३२ घण्टा)निषेधाज्ञा जारी गरेको हो ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको विवादले उग्ररूप लिएपछि निषेधाज्ञा लगाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाट निर्माणमा अवरोध गरिएको विषयमा आक्रोशित समुदाय जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपको क्रममा दुई प्रहरीसहित एक प्रदर्शनकारी घाइते भएका छन् । स्थानीय प्रशासनले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू