अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुन्छ– जसपा अध्यक्ष यादव

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०९ मा प्रकाशित

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने धारणासमेत राख्नुभयो । उहाँले दुनियाँमा कहिँ पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावीसमेत गर्नुभयो ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उहाँले न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैँ सक्षम रहेको प्रतिक्रिया दिनुभयो । न्यायालयको काम राजनीतिक दलहरूले र राजनीतिक दलहरूले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन् चौपट हुने भएकोले राजनीति गर्ने राजनीतिककर्मीहरूले न्यायालयभित्र हस्तक्षेप गर्न नहुने उहाको भनाई थियो ।

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दावी गर्दै त्यसलाई संशोधन नगरी अघि बढ्न नसकिने अडान दोहोर्याउनुभयो । उहाँले सत्तारुढ दलहरूबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू