अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

नेपालमा थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०७ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार २४३ जनाको परीक्षणमा २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ सय ७८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको कूल संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ ।

नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनको दर ९७ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण नेपालमा ११ हजार ४ सय ७१ जनाको कोरोनाको कारण मृत्यु भएको छ । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू