अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

पार्टीनिकट पत्रकारलाई अर्थमन्त्री शर्माको निर्देशन– ‘मैले गल्ती गरेँ भने पनि भण्डाफोर गर्नुस्’

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०७ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले सत्तारुढ दलहरूका दुई वटा गठबन्धन रहेको समेत बताउनुभयो । उहाँले सरकार र संयन्त्रलाई दुई अलग गठबन्धनको रूपमा राखिएको स्पष्ट पार्नुभयो । मन्त्री शर्माले सरकारले जनताको पक्षमा काम गर्ने र दलहरू बीच बनेको संयन्त्रले प्रतिगमनतर्फ जानबाट मुलुकलाई रोक्ने उल्लेख गर्नुभयो । दलहरूको संयन्त्रले सरकारलाई हस्तक्षेप नगर्ने उहाँको भनाइ छ ।

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गर्नुभयो । सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरूमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरू पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू