अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

“न्यायालयको विवाद त्यहींबाट समाधान हुनुपर्छ” – कांग्रेस

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०६ मा प्रकाशित

सत्तारुढ कांग्रेसले न्यायालयमा देखिएको विवादको विषयमा तत्कालै धारणा नबनाउने भएको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले न्यायालयको विवादमा कांग्रेसले अहिले पक्ष वा विपक्षमा लागेर बोल्ने बेला नभएको बताउनुभयो ।

महतका अनुसार बैठकमा त्यसबारे छलफल भएको र नेताहरुले विभिन्न विचार राखेका थिए । तर, त्यसबारे कुनै निर्णय नभएको उहाको भनाई छ । महतले आइतबार बस्ने केन्द्रीय समिति बैठकमा यो विषय थप उठ्न सक्ने भए पनि अहिलेलाई कांग्रेसको यही नै प्रस्ट दृष्टिकोण भएको दाबी गर्नुभयो ।

शनिबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले भने न्यायालयमा देखिएको समस्याका कारण न्यायिक प्रक्रिया नै अवरुद्ध भएको भन्दै त्यसबारे सरकार र राजनीतिक दलहरु चुप लागेर बस्नु नहुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू