अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

तीन बुँदे सहमति कार्यान्वयन नभए फेरी विद्रोह हुने विप्लवको चेतावनी

बिआरटीनेपाल २०७८ कार्तिक २७ गते ७:०४ मा प्रकाशित

नेकपा विप्लवका महासचिव नेत्रविक्रम चन्दले आफैले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाउनुभएको छ । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उहाँले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरी विद्रोह हुने चेतावनी दिनुभएको छ ।

शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव चन्दले सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी भएको बताउनुभयो । आफूहरुलाई घेराबन्दी पार्न खोजे फेरी विद्रोह हुन सक्ने उहाँको चेतावनी छ । उहाँले आफ्नो पार्टीसँग अहिले कुनै हतियार नभएको जिकिर गर्नुभयो ।

सरकारसँग वार्ता गरे पनि अहिलेको संविधान भने आफ्नो पार्टीका लागि अस्वकार्य रहेको उहाँले प्रष्ट पार्नुभयो । संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेकोले आफूहरूको एजेण्डा जनमत संग्रह भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू