अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न अध्यक्ष ओलीको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:२१ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको छ । महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उहाँले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नु भएको हो ।

प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास रहेको अध्यक्ष ओलीको भनाइ छ । दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू