अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

म्यान्मारमा अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजायको फैसला

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:२० मा प्रकाशित

म्यान्मारको एउटा सैन्य अदालतले अमेरिकी चर्चित पत्रकार ड्यानी फेन्स्टरलाई ११ वर्ष जेल सजायको फैसला सुनाएको छ ।फेन्सरले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको अदातको ठहर छ । केही दिनअघि उनीविरुद्ध सैन्य सरकारले राजद्रोह र आतङ्कवादका अन्य दुई अभियोग लगाएको थियो ।

ती अभियोग प्रमाणित हुँदा आजीवन कारावास पनि हुनसक्ने बीबीसीले जनाएको छ । तर, नयाँ मुद्दाको फैसला आउन बाँकी नै छ ।३७ वर्षीय फ्रेन्स्टर फ्रन्टीअर म्यान्मार अनलाइन साइटका प्रबन्ध सम्पादक थिए । उनलाई गत मे महिनामा याङ्गुनस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा दर्जनौं पत्रकार पक्राउ परेका छन् ।

फ्रन्टीअरका अनुसार फेन्स्टरले पहिला सेनाको आलोचना गर्ने ‘म्यान्मार नाऊ’ नामक स्वतन्त्र सामाचार साइटका लागि काम गरेका थिए । सबै अभियोगहरू उनी प्रतिबन्धित म्यान्मार नाऊका लागि काम गरेको आरोपमा आधारित थिए । ड्यानीले जुलाई २०२० मै म्यान्मार नाऊबाट राजीनामा दिएका थिए र अर्को महिना फ्रन्टीअरमा आबद्ध भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू