अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

’कोप २७’ अर्को वर्ष इजिप्टमा हुने

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:१५ मा प्रकाशित

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्ने गरी जिम्मेवारी सुम्पिएको अन्तर्राष्ट्रिय समाचार संस्थामा जनाइएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरूले जानकारी दिएका छन् ।

कोप २६ मा सहभागी देशहरूले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धतामा ८० भन्दा बढी देशले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपेली सङ्घको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् । त्यसैगरी अमेरिका र चीनले पनि कार्बन उत्सर्जन न्यूनीकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू