अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

नेकपा एमालेद्वारा दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:०८ मा प्रकाशित

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । एमाले महासचिव ईश्वर पोखरेलले ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा लोगो सार्वजनिक गर्नुभएको हो । नेकपा एमालेले ‘एक सिंगे गैडाले पार्टीको झण्डा बोकेको’ महाधिवेशनको लोगो सार्वजनिक गरेको हो ।

एमाले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिले लोगो सार्वजनिक गर्नुका साथै क्यूआर कोडमार्फत एक सय रुपैयाँ उठाउन अभियानसमेत सुरु गरेको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक हजार रुपैयाँ हालेर शुल्क उठाउन सुरु गर्नुभएको हो ।

एमालेले दसौँ महाधिवेशनको प्रचारप्रसारमा कागजका पोस्टरहरु प्रयोग नगर्ने भएको छ । आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा भित्ते लेखन र कागजका पोष्टरहरु प्रयोग नगर्ने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू