अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

नेपाल बार एशोसियसनद्वारा आज पनि सर्वाेच्च अगाडि धर्ना

बिआरटीनेपाल २०७८ कार्तिक २६ गते ७:०७ मा प्रकाशित

नेपाल बार एशोसिएसनले आज पनि सर्वाेच्च अदालतको मुल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च प्रवेशमा रोक लगाउने उद्देश्यसहित धर्ना दिए पनि प्रधानन्यायाधीस जबरा अर्काे गेट भएर सर्वाेच्च प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीश राणाले आजका लागि ८ वटा इजलाससमेत तोक्नुभएको थियो ।

आज प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोक्नुभएको थियो । तर न्यायाधीशहरूले भने सबै इजलासमा सहभागिता जनाएनन् । वकिलहरूले पनि आज सबै इजलास बहिष्कार गरेका छन् ।

यसअघि दुई सातादेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको इजलास मात्र बहिष्कार गर्ने गरेका थिए । आज भने उनीहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरेनन् । प्रधानन्यायाधीश राणाले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीशको नाम मुछिएको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै बारले प्रधानन्यायधिसको बहिर्गमनको माग गरेको हो । नेपाल बार एशोसियसनले पर्सि पनि सर्वोच्चको मूल गेट अगाडि धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू