अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

न्युजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:२४ मा प्रकाशित

इङ्ल्याण्डलाइ पराजित गर्दै न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।युएइको अबुधाबीमा बुधबार भएको सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डलाई इङ्ल्याण्डले १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

जवाफमा न्युजिल्याण्डले ५ विकेट र एक ओभर बाँकी हुँँदै लक्ष्य पूरा गरेको हो ।न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे । डेभोन कानवेले ४६, जेम्स निसामले २७ रन बनाए । इङ्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २ तथा आदिल रासिदले १ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । इङ्ल्याण्डका लागि मोइन अलीले अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन जोडे । इयान मोर्गान ४ रनमा अविजित रहे । न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिएका थिए । बिहीबार दोस्रो सेमिफाइनल अन्तर्गत अष्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू