अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९ | Colorodo: 19:44

श्रीलंकामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु, हजारौं विस्थापित

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:२३ मा प्रकाशित

श्रीलंकामा एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ ।बाढीपहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ । विस्थापितलाई राहत शिविरमा राखिएको छ । उनीहरुलाई सरकारले खानपानको व्यवस्था मिलाएको छ ।

अधिकांशको मृत्यु डुबान र चट्याङबाट भएको केन्द्रले जनाएको छ । एक जना बेपत्ता भएको खबर पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छापिएका छन् । सामान्यतया श्रीलंकामा अक्टुबर र नोभेम्बरमा मनसुन सक्रिय रहने गर्छ । यस वर्ष देशभर सामान्यभन्दा धेरै वर्षा भएको त्यहाँको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू