अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

चीनमा ११६ वर्षयताकै उच्च हिमपात

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:१७ मा प्रकाशित

चीनमा ११६ वर्षयताकै उच्च हिमपात भएको छ ।उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्ष यताकै उच्च हिमपात भएको बीबीसीले जनाएको छ । सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको बताइएको छ ।

गत आइतबारदेखि हिमपात सुरु भएको थियो । सो क्षेत्रमा औसतभन्दा २० इन्च बढी हिउँ जमेको बताइएको छ । भारी हिमपातपछि रेल, हवाई र अन्य सवारी साधन बन्द भएको छ । छिमेकी मंगोलियामा भारी हिमपातपछिको हिम आँधीका कारण १ जनाको मृत्यु भएको छ भने ५ हजार ६ सयभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यसवर्ष हिउँद सुरु हुनुअगावै एक्कासी भारी हिमपात भएको त्यहाँका मौसमविद्ले बताएका छन् । भारी हिमपातपछि चिसो हावा चल्ने भन्दै मंगोलिया र उत्तरपूर्वी चीनका करिब २७ क्षेत्रलाई रातो सूचीमा राखिएको छ ।

हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय सरकारले सबैलाई न्यानो भएर बस्न र खाद्यान्न सञ्चित गर्न सूचना जारी गरेको छ । यसअघि गएको सेप्टेम्बरमा उत्तरपूर्वी चीनमा विद्युत आपूर्ति अभाव हुँदा त्यहाँका मानिसको जनजीवन कष्टकर बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू