अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

प्रधानसेनापति शर्माद्वारा भारतका रक्षा मन्त्री, विदेश मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:१६ मा प्रकाशित

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी प्रभुराम शर्माले विभिन्न भारतीय पदाधीकारीसँग भेट गर्नुभएको छ । प्रधानसेनापति शर्माले आज भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको छ ।

शिष्टाचार भेटपछि आज नै प्रधानसेनापति महारथी शर्माले नयाँ दिल्लीमा रहेको नेशनल डिफेन्स कलेजको भ्रमणसमेत गर्नु भएको थियो । उहाँलाई त्यस अवसरमा कलेजको ’वाल अफ अनर’ बाट सम्मानित गरिएको थियो । प्रधानसेनापति शर्मा यो सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने यस कलेजका अल्मुनीहरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन् २०१३ मा यस कलेजबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू