अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

पाकिस्तानको लाहोर ’विश्वको सबैभन्दा प्रदूषित सहर’

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:१४ मा प्रकाशित

अमेरिकाको वायु गुणस्तर मापन संयन्त्रले जारी गरेको वायु प्रदूषण तथ्याङ्कअनुसार पाकिस्तानको लाहोर संसारको सबैभन्दा प्रदूषित सहरहरूको सूचीको शीर्ष स्थानमा परेको छ ।पाकिस्तानको शहरमा वायुको गुणस्तर ६०० भन्दा बढी रेकर्ड गरिएको थियो । त्यसैगरी त्यो सूचीमा कराँची पाँचौँ स्थानमा रहेको छ ।

त्यस्तै गुलबर्गमा ६८१, राईविन्डमा ६२६, अनारकली मार्केटमा ५४१ र मोडेल टाउनमा ५३२ स्तर रेकर्ड भएको साम टिभीले जनाएको छ । यसैबीच पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो प्रदूषित धुवाँले पनि यहाँका अधिकारीहरूलाई चिन्तित पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू