अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

विमान चढ्न नपाएपछि नेपाली महिला क्रिकेट टोली बंगलादेशबाट बसमा नेपाल फर्कदै

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:११ मा प्रकाशित

कोभिड प्रोटोकल पालना नगरेको कारण नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बिमान चढ्नबाट बञ्चित भएका छन् । ढाकादेखि काठमाडौंसम्मको बिमानको उडान छुटेपछि महिला राष्ट्रिय क्रिकेट टोली बसमा सडक हुँदै नेपाल आउन बाध्य भएको छ ।

महिला टोलीको बिमानको उडान छुटेकोमा नेपाल क्रिकेट संघ क्यानले खेद व्यक्त गरेको छ। क्यानले यस विषयमा टिम व्यवस्थापनसँग औपचारिक प्रतिवेदन मागेको छ। उक्त प्रतिबेदन सार्वजनिक गरिने पनि क्यानले जनाएको छ।

नेपाली टोली नोभेम्बरको अन्तिममा युएईमा हुने महिला क्रिकेटको विश्वकप एसिया छनोटको तयारीका लागि एक साताका लागि बंगलादेश गएको थियो।

 

प्रतिक्रिया