अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

चीनबाट थप १० लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:०९ मा प्रकाशित

चीनबाट थप १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले किनेको १० लाख ५८ हजार मात्रा कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था शाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान चिनियाँ कार्गो विमानमार्फत खोप काठमाडौं आइपुगेको हो । यसअघि, हिजो राति कोभ्याक्स सुविधा र स्वीट्जरल्यान्ड सरकारको सहयोगमा चार लाख ९२ हजार मात्रा कोभिड–१९विरुद्धको एस्ट्राजेनेका खोप काठमाडौं आइपुगेको थियो ।

यसैबीच स्वीट्जरल्यान्ड सरकारले पनि नेपाललाई कोरोनाविरूद्धको एस्ट्राजेनेकाको एक लाख ४४ हजार मात्रा खोप सहयोग गरेको छ । नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोख्रेललाई आज खोप हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू