अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

१९ औं एसियन गेम्सको तयारीको वातावरण मिलाइदिन खेलकुद मन्त्रीलाई आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:०८ मा प्रकाशित

अर्को वर्ष चीनमा हुने १९ औं एसियन गेम्सको अभ्यास थालनीको वातावरण मिलाई दिन विभिन्न संघले युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई आग्रह गरेका छन् ।नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेको पनि आफूहरुले अभ्यास गर्न नपाएको गुनासो गरेका हुन् । विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताउनुभयो । नयाँ ऐन र परिवेशलाई समन्वय गर्दै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने उहाँले बताउनुभयो ।

एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ । गतिशील हुनेु पर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसक्दा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू