अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ पुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ७:०२ मा प्रकाशित

सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ । तिहारपछि उकालो लाग्ने थालेको सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलाको ९४ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम एक हजार ३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो ।

गत बुधबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बृद्धि हुँदै एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने बिहीबार ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू