अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा विप्लव नेकपाको प्रदर्शन

बिआरटीनेपाल २०७८ कार्तिक २५ गते ६:५९ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्ष थालेको छ । माइतीघरमा भेला भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मूल्यवृद्धिको विरोध गरेका छन् ।

मुल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भएकाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसकिने भन्दै नेकपाले आजदेखि कात्तिक ३० गतेसम्म चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाको संघर्षअन्तर्गत देशव्यापी विरोध प्रदर्शन, चक्का जाम र नेपाल बन्दसम्मका कार्यक्रम छन् । नेकपाले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू