अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५०
| Colorodo: 17:05
नेपालमा थप ३ सय १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख १६ हजार ६० पुगेको छ ।
२४ घण्टामा २ सय ७९ जना सङ्क्रमणमुक्त भएसँगै नेपालमा निको हुनेको सङ्ख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको मन्त्रालयले जनाएको छ ।