अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

न्यायपालिकाको समस्याको समाधान न्यायापालिका भित्रैबाट खोज्नुपर्छ– देव गुरुङ

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:१६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले न्यायपालिकाभित्र देखिएको समस्याको समाधान न्यायपालिका भित्रैबाट खोज्नुपर्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गुरुङले न्यायपालिका भित्र देखिएको हालको समस्या राजनीतिक दलहरूको एजेण्डा नबनेको बताउनुभयो ।

उहाँले भविष्यमा प्रधानन्यायाधीशविरुद्ध संसदमा एजेण्डा बनेमा अथवा कार्यपालिकाको एजेण्डा बनेमा मात्रै राजनीतिक दलहरू आकर्षित हुने भन्दै न्यायालयको समस्यालाई न्यायालयको स्वतन्त्रताको मान्यता अनुसार त्यही भित्रबाट निकास खोज्नुपर्ने बताउनुभयो ।

नेता गुरुङले पाँच दलीय गठबन्धन समन्वय समितिले आगामी राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशको उपनिर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले एमसीसीका कतिपय विषय संशोधन भएमात्रै प्रक्रिया अगाडी बढ्ने उल्लेख गर्दै अहिलेको अवस्थामा एमसीसीको प्रक्रिया अगाडी बढ्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू