अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

न्यून पारिश्रमिक लिने कलाकारहरूको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्छ– श्रममन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:१५ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले न्यून पारिश्रमिक लिने कलाकारहरूको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताउनुभएको छ ।बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा मन्त्री श्रेष्ठले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरूको भिडियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले टिकटकलाई विकृतिको थलो नबनाइ सिर्जनात्मक थलोका रूपमा अगाडि बढाउन प्रयोगकर्तालाई आग्रह गर्नुभयो । टिकटक स्टार रियालिटी शोमा उत्कृष्ट १० जनाले कारदेखि मोबाइलसम्मको पुरस्कार पाउने जनाइएको छ ।

शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने र टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउन्डमा पेश गर्नुपर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू