अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 09:33

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:१५ मा प्रकाशित

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० रहने छ जसको मूल्य मङ्गलबार रु ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया