अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

धादिङमा दुई बस ठोक्किँदा ३५ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:१० मा प्रकाशित

धादिङको कालुपाण्डे मार्ग अन्तर्गत नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै आज बुधवार दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । साँघुरो घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

काठमाण्डौबाट धादिङबेसी हुँदै फुलखर्क जाँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङबेसीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई काठमाण्डौको ट्रमा सेन्टरमा थप उपचारका लागि रेफर गरिएको छ । केही व्यक्तिलाई बसमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू