अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

भारतमा बस र ट्रक जुध्दा १२ जनाको जलेर मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ७:०५ मा प्रकाशित

भारतमा आज सवारी साधन दुर्घटनामा परि १२ जनाको मृत्यु भएको छ । भारतको राजस्थान बाडमेर जिल्लाको जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको हो । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रक बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आज बिहान साढे १० बजे बस र ट्रक आपसमा ठोक्किए लगत्तै आगो लागेको थियो । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू