अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन – नेता सिटौला

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५८ मा प्रकाशित

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताउनुभएको छ । नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

बुधवार काठमाण्डौको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वका लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई एकताबद्ध बनाएर, देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामनासमेत गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै नागरिकमा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू