अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२७ | Colorodo: 23:42

नेपालमा थप ४ सय ४० जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ४ सय ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८७ जना र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जना गरी ४ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४ सय ७४ जना निको भएका छन् । आज नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ लाख १० हजार ७३८ पुगेको छ । यो सँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६० पुगेको छ भने ७ लाख ९६ हजार ७८० जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू