अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५६ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने आकांक्षा भए चुनाव लडेर आउन चुनौती दिनुभएको छ । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंको शान्तिबाटिकामा गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो ।

आफूले प्रजातन्त्रबाहेक सबै सुम्पिन तयार छु भन्दा ज्ञानेन्द्र शाहले जेलमा कोचेको स्मरण गर्दै देउवाले त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भएको बताउनुभयो । वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्न शाहलाई चेतावनी दिँदै देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको प्रष्ट पार्नुभयो ।

शासन गर्ने भए चुनाव लडेर आउने सुबिधा प्रजातन्त्रमा सबैलाई भएको भन्दै देउवाले पुर्वराजालाई चुनाव लड्न सुझाव समेत दिनुभयो । संविधानमा अरुको झै आफ्नो पनि केही असन्तुष्टि रहेको तर त्यसलाई सुधार्दै जाने उहाको भनाई छ । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराउँदै निर्वाचन आयोगले वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू