अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

मलाई हार्ने डर छैन, अध्यक्षमा उम्मेदवारी दिन्छु– भीम रावल

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:४५ मा प्रकाशित

नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।गृहजिल्ला अछामको साँफेबगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रावलले दशौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

कार्यकर्ताको भावनाको कदर गर्दै अध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । ‘मलाई हार्ने डर छैन,’ उहाँले भन्नुभयो, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’ कार्यक्रममा उहाँले १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन नभएकोमा चर्को असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू