अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

तमिल नाडुमा भारी बर्षाका कारण जनजीवन प्रभावित

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:४५ मा प्रकाशित

भारतको तामिल नाडु राज्यमा आएको भारी वर्षाका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने कैयौँ घरमा क्षति पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार वर्षाका कारण तामिल नाडु राज्यका ५३८ ओटा घरमा क्षति पुगेको हो ।

बर्षाका कारण नागरिकको जनजीवन प्रभावित बनेको छ । तामिल नाडु राज्यमा औसतमा पछिल्लो एक दिनमा १६ दशमलब ८४ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू