अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

इथियोपियामा गृहयुद्धको संभावना देखिएको भन्दै राष्ट्र संघद्धारा चिन्ता व्यक्त

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:४२ मा प्रकाशित

संयुक्त राष्ट्र संघले इथियोपियामा गृहयुद्धको संभावना देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका राजनीतिक प्रमुख रोजमेरी डिकार्लाले इथियोपियामा गृहयुद्धको प्रवल जोखिम रहेको भन्दै यसले संकट आउन सक्ने बताउनुभएको छ । जातीय समुह र फरक फरक भाषा बोल्ने मानिसहरुले आ आफ्नो पहिचानको लागि लड्न सक्ने देखिदा यसबाट अकल्पनिय क्षति हुन सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभएको छ ।

११ करोड बढि जनसङ्ख्या, ९० भन्दा बढि जातीय समुह तथा ८० भाषाहरूका कारण सुरु भएको निरन्तर झगडा र लडाइले कस्तो भविश्यमा पुर्याउछ कल्पना गर्न नसकिने उहाँले बताउनुभएको छ । उत्तरी इथियोपियामा मात्र ७० लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायता चाहिन सक्ने र उनीहरु अनिकाल जस्तो अवस्थामा बाचिरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको अलजजिराले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू