अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

छठ पर्व अन्तर्गत आज ‘खरना’ गरियो

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:३२ मा प्रकाशित

सोमबार ‘नहाखाय’ विधिबाट धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छठ व्रतालुहरुले मंगलबार ‘खरना’ विधि गरेका छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुहरुले मंगलबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खानेछन् ।

रस्याउ रोटीलाई प्रसादको रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत खुवाइन्छ । छिमेकीलाई अग्रिम निम्तो दिने चलन छ । रस्याउ रोटी खाने निम्तालुले दिन भरी मासुमाछा जस्ता तामसिक भोजन नगरी शुद्ध शाकाहारी बसेका हुन्छन् ।

व्रतालुहरुले मंगलबार साँझ रस्याउ रोटी आएपछि बुधबार दिनभरी निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै सूर्य र बिहीबार बिहान उदाउँदो सूर्यको उपासना पछि प्रसाद खाएर मात्र व्रत तोड्छन् । बुधबार साँझ व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् ।

नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरु राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लग्ने चलन छ । विशेष गरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पुरा गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू