अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

“संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरी बेन्च सञ्चालन गर्छु” – प्रधानन्यायाधीश जबरा

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:१९ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू राजीनामा कुनै हालतमा नदिने, संविधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने बताउनुभएको छ । काननु व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीशले आफू न्यायाधीशहरू र नेपाल बारको मागअनुसार राजीनामा दिने पक्षमा नरहेको संकेत गर्नुभयो ।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशले आफू जानकार रहेको बताएको जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोध कार्यक्रम गरिरहेको छ ।

तत्काल बेन्च सञ्चालन गर्न, नेपाल बारले उठाएका जायज माग पूरा गर्न र न्यायपालिकामा देखिएका विकृति एवं विसंगति अन्त्यका लागि पहल चाल्न भन्दै अभियानले प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू