अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

डा.राणाले पाए सिनियर बोसरम्यान युनेस्कोको पहिलो आजीवन फेलोसिप

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:०१ मा प्रकाशित

काठमाडौँ । सिनियर बोसरम्यान युनेस्कोको पहिलो आजीवन फेलोसिपबाट डा. प्रणय शमशेर राणा सम्मानित भएका छन् । डा.राणालाई संयुक्त राष्ट्र सङ्घ विश्वविद्यालयसँग आबद्ध सेन्टर फर कन्फिल्क्ट रिजोलुसनले आजीवन फेलोसिप प्रदान गरेको हो ।

यसअघि निश्चित समयका लागि सिननियर बोसरम्यान युनेस्को फेलोसिप प्रदान गर्दै आएको केन्द्रले पहिलो पटक आजीवन फेलोसिप प्रदान गरेको हो । लामो समयसम्म द्वन्द्व एवं यससम्बन्धी शिक्षा, जनस्वास्थ्यका क्षेत्रमा सशक्तीकरण, खोज, अनुसन्धान एवं उल्लेख्य काम गर्दै विज्ञता हासिल गरेका व्यक्तिहरूलाई अमेरिकाको सालिसबरी विश्वविद्यालयमा रहेको बोसरम्यान द्वन्द्व समाधान केन्द्रले सिनियर बोसरम्यान युनेस्को फेलोसिप प्रदान गर्ने गर्छ ।

यो फेलोसिप पाउनेहरूले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)को मुख्यालय पेरिसमा गएर विभिन्न किसिमका काम एवं अध्ययन, अनुसन्धानका साथै सम्मेलनमा सहभागी हुन पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू