अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

नेपालमा थप ५ सय ३३ जनामा कोरोना पुष्टि, ४ सय ८४ जना निको

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:१५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर पाँच सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय ३६ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव १८ प्रतिशत अर्थात् पाँच सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १५ हजार तीन सय ७२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार नौ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा चार सय ८४ जना निको भएका छन् । योसहित अहिलेसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या सात लाख ९६ हजार तीन सय ६ पुगेको छ । यही अवधिमा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५४ पुगेको छ ।

यस्तै २४ घण्टामा ४३ हजार तीन सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ६८ हजार नौ सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ४७ हजार सात सय १२ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू