अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

जलवायु सम्मेलनमा जैविक इन्धनका पक्षधरकै बाहुल्यता रहेको खुलासा

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:१८ मा प्रकाशित

स्कट्ल्याण्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२६ का सहभागीहरुमा जैविक इन्धनका पक्षधरहरुको बाहुल्यता रहेको खुलासा भएको छ ।सम्मेलनमा सहभागी हुनेहरुको अध्ययन गरेको ग्लोबल विट्नेस नामक संस्थाले जैविक इन्धन उद्योगसँग सरोकार राख्नेहरु ठूलो संख्यामा प्रतिनिधिहरुको रुपमा सहभागी भएको जनाएको हो । सो संस्थाका अनुसार जैविक इन्धन उद्योग वा त्यससँग जोडिएका ५ सय ३ जना सहभागी भएका छन् ।

तेल तथा ग्यास इन्धन र ती उद्योगहरुको पक्षमा वकालत गर्न उनीहरु त्यहाँ पुगेको पाइएको छ । जैविक इन्धनका पक्षधहरु ठूलो संख्यामा सम्मेलनमा पुगेको खुलासा भएपछि वातावरण पक्षधरहरुले उनीहरुलाई प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । जलवायु परिवर्तनमा जैविक इन्धन कारक रहेको अस्वीकार गर्ने पक्षहरुको चलखेलले यो समस्या झन झन विकराल बन्दै गएको अभियन्ताहरुको दाबी छ ।

उनीहरुकै दबाव र प्रभावका कारण राष्ट्रसंघीय जलवायु सम्मेलन शुरु भएको २५ वर्ष पुग्दा पनि उत्सर्जन कटौतीमा ठोस प्रगति हुन सकेको छैन । कोप–२६ मा झण्डै ४० हजार मानिस सहभागी रहेकोमा ब्राजिलबाट सवैभन्दा धेरै ४७९ जना सहभागी भएका छन् । यस्तै जैविक इन्धन उद्योगको पक्षमा वकालत गर्नेहरुमा केही क्यानडा र रुसका पनि रहेका छन् । अभियन्ता तथा वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग हटाएर स्वच्छ ऊर्जामा जानुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू