अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५
| Colorodo: 17:30
भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै साथिमाथि गोली हानी चार जनाको हत्या गरेका छन् । चार प्रहरीको मृत्यु हुँदा अरु तीन जना घाइते भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सिक्मा जिल्लास्थित सेन्ट्रल रिजर्भ पुलिस फोर्स क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके–४७ राइफलबाट हानेको गोली लागेर चार जनाको मृत्यु भएको हो ।
आफ्नै साथिमाथि गोली हान्ने रितेश रञ्जनलाई नियन्त्रणमा लिइए पनि किन गोली हानेको भन्ने खुलेको छैन । मारिएका सबै सीआरपीएफको ५०औं बटालियनका सिपाही हुन् ।