अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

वाग्मतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत प्राप्त

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०५ मा प्रकाशित

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाउनु भएको छ ।मुख्यमन्त्री पाण्डेले सोमबार आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ ।

वागमती प्रदेशसभामा १ सय ९ जना सदस्य छन् । विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । १०४ जनाले सोमबार प्रदेशसभामा मतदान गरेका थिए । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ४७ मत परेको छ । त्यस्तै २ मत तटस्थ देखिएको छ । यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

नेकपा एमालेका बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने के योजना छ भनेर प्रश्न गर्नु भएको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गर्नुभयो ।

कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू