अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

न्यायालयको विवाद चाँडै सुल्झियोस् भन्ने सरकार चाहन्छ– गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०३ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले न्यायालयमा देखिएको विवाद चाँडै सुल्झाइयोस् भन्ने पक्षमा सरकार रहेको बताउनुभएको छ ।जनकपुरमा पत्रकारहरुसँग गृहमन्त्री खाँणले न्यायालयको विवाद समाधानको लागि सरकारमा सहभागी दलले निर्णय गर्न लागेको जानकारी पनि दिनुभयो ।

न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका तीन वटै अंगमा गतिरोध देखिएको स्वीकार्दै गृहमन्त्री खाँणले एमालेकै कारण नागरिकता विधेयक पारित गर्न नसकिएको आरोप लगाउनुभयो । विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको भन्दै उहाँले सदनको गतिरोध हटाउन एमालेलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू