अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

प्रधानन्यायाधीश राणामाथि वकीलको आरोप, इतिहासकै भ्रष्ट र असक्षमको आक्षेप

बिआरटीनेपाल २०७८ कार्तिक २२ गते ६:०२ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा रहेका वकीलहरुले उहाँको क्षमता र आचरणमाथि प्रश्न उठाउँदै गम्भीर आरोप लगाएका छन् ।दोस्रो चरणको आन्दोलनमा होमिएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश भएको आरोप लगाएका हुन् ।

नेपाल बार एसोसिसनले आयोजना गरेको विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाको आचरणमाथि प्रश्न उठाउँनुभयो । न्यायपालिकाका लागि सबैभन्दा ठूलो भनेको जनताको विश्वास रहेपनि त्यो प्रधानन्यायाधीशको कारण संकटमा परेको उहाको भनाई छ ।

न्यायपालिका भंग हुने अवस्थामा पुगेकाले राणाले राजीनामा दिनुको विकल्प नभएको भन्दै त्रिपाठीले न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु र राज्य कोल्याप्स हुनु भएको ठहर गर्नुभयो । प्रधानन्यायाधीश राणा जतिको असक्षम र भ्रष्ट नेपालको न्यायिक इतिहासमा कोही पनि नभएको गम्भीर आरोप लगाउँदै त्रिपाठीले प्रधानन्यायाधीशले पद त्याग नगरुन्जेलसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो ।

प्रधानन्यायाधीश राणाको राजीनामा न्यायपालिकाको शुद्धिकरणका लागि भएको तर्क गर्दै अर्का कानूनव्यवसायी रमनकुमार कर्णले प्रधानन्यायाधीशको सडकबाट भन्दा न्याय परिवारबाटै राजीनामा माग भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू